चर्चित नायिका रेखा थापाले एमसीसी बारे लेखिन यस्तो कडा स्ट्याटस !

काठमाडौं : मेलिनियम च्या’लेन्ज कर्पोरेशन ‘एम सीसी’ सम्झौतको चौतर्फी व्यापक बिरोध भइरहेका बेला चर्चित अभिनेत्री रेखा थापाले सामाजिक संजालमा यस्तो बि’रोध जनाएकी हुन् । आइतबार बिहान सामाजिक सं’जाल फेसबुकमा एक स्टाटस लेख्दै नायिका थापाले देशभक्तहरुको असली अनुहार एमसीसीको सवालले नै छर्लंग भएको बताइन ।

उनले आफ्नो फेसबुक स्टाटसमा भनेकी छिन- “देशभक्तहरुका असली अनुहार यही एमसीसी को सवालमा देखिने भए । कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर एमसीसीको पक्षमा चा’करी गरिरहेका छन” ? अभिनेत्री थापाले एमसीसीको समर्थन गर्नेहरुलाई प्रश्न गर्दै भनिन्- “जनताले तिरस्कार गरेको आइपिस/ एमसीसी को कुरामा किन ढिपी गर्नु परेको होला” ?

थापाले अगाडी थप्दै भनिन- ”गोगाए वापत कसैलाई के के उत्थान उपहार मिल्ने हो ?” नायिका रेखा थापाले एमसीसी पास गर्नुको कुनै औचित्य नरहेको भन्दै नेपाल जस्तो देश पैसा नभएर गरिब नभएको समेत स्पष्ट पारिन । यसअघि पनि अभिनेत्री थापाले एनसि एलले सरकार समक्ष कर छली गरेको भन्दै सामाजिक संजालमा कडा बिरोध जनाएकी थिइन् ।

यस्तो छ उनको फेसबुक स्टाटस – “देशभक्तहरुका असली अनुहार यही MCC एमसीसी को सवालमा देखिने भये। कुन बाध्यताले यती धेरै निर्लज्ज बनेर MCC को पक्षमा चाकरी गरिरहेका छन? जनताले तिरस्कार गरेको IPS/MCCको कुरामा किन ढिपी गर्नु परेको होला? जोगाये बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरीब भएको होइन ।”

यस्तै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घे’रा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञप्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हिन्द प्रशान्त रणनीति अगाडि सारेको बताए ।

“पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द-प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ” वैद्यको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्