औषधी नखाई कोरोनालाई जितेकी बागलुङकी अंशु यसरी फर्किन घर

काठमान्डौ : बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युबती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन । को;रोना सं’क्रमित नेपालकै पाँचौ बिरामी बागलुङकी १९ बर्षिय अंशु सापकोटाले कुनै पनि औषधी नखाई कोरोना जितेर अहिले भरखरै डिस्चार्ज भएकी छिन । छैठौ रिपोर्ट नेगेटिभ आएसंगै उनी शुक्रबार राती डिस्चार्ज भएकी हुन् ।

लगातार दुईपटकसम्म नेगेटिभ रिपोट आएकाले उनी अस्पताल बाट डिस्चार्ज भएकी हुन् । १९ वर्षीया अंशुलाई उनका पिताले वुझेका छन् ।आँशुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिएका छन् । उनकोको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट को;रोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते को;रोना संक्रमण पुष्टि भएको थियो। गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै को;रोनालाई जितेर फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्