आजको राशिफल : वि.सं.२०७७ साल वैसाख १३ गते । शनिबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल वैसाख १३ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– द्वितीया,१३ घडी ०४ पला,बिहान १० बजेर ४५ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३४ पला । औलो दिवस ।

मेष : अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष : आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिने छ । निति नियम तथा कानुन मान्नु होला । पढाइ लेखाइ तथा प्रतिस्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउने छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन : कर्म क्षेत्रमा आउने मन्दिले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढि मेहनत गर्नुपर्नेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट : पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ। विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह : नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ। राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमि हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारि सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला ।

कन्या : बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र, मनपर्ने तथा विलाशि बस्तु हात लागि हुने छ । धा’र्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला : समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनु होला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्ने छ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

बृश्चिक : पढाइ लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ। माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । विभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु : सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ। आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ। पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर : आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिने छ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव बढ्नाले मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारि व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवा मा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यात्रा नगर्नुहोला । खानपानमा ध्यान दिनुहोला ।

मीन: कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्