राहत वितरणमा भेदभाव भएको भन्दै झ’डप, वडाअध्यक्ष सहित सात घा’इते

काठमाडौं, रासस : लकडाउनको अवधि लम्बिँदै एक महिना नाघेको छ। कोराना महामारी नियन्त्रणका लागि घोषित लकडाउन लम्बिँदै गएपछि समस्यामा परेकाहरुका लागि प्रदेश नं २ सरकारले छ दिन अघि दोस्रो चरणको राहत प्याकेज को घोषणासमेत गरेको छ। यता लक्षित परिवारको घरमा राहत पुग्न नसक्दा दैनिक ज्याला मजदूरी गर्न नपाएका गरिब, विपन्न भोकै परेका छन्।

प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरे पनि सप्तरीमा कतिपय स्थानीय तहले अझै पहिलो चरणको राहत वितरण गर्न सकेका छैनन्। राहत वितरण भएका स्थानीय तहमा पनि तीव्र विवाद देखिएको छ। जनप्रतिनिधि तथा राजनीतिक दलका प्रति निधिले आ–आफ्ना नजिकका मतदाताको नामावली छनोट गर्नाले जीवन जोखिममा परेकाको नाम छुटेको भन्दै विवाद बढेको हो।

म’हामारीका बेलामा राहत बाँड्न सक्ने क्षमता भएकाले नै राहतमा लोभ गर्दा गरिब, विपन्न राहत पाउनबाट वञ्चित भएका छन् । राहत वितरणमा राजनीति र भ्र’ष्टाचार भएको गुनासो बढ्दै गए पछि स्थानीय तहहरुमा तीव्र वि’वाद देखिएको छ। राहतका विषयमा कतै वडा कार्यालय र जनप्रतिनिधि घेराउमा परेका छन् त कतै ता’लाबन्दी र राहत बहिष्कार भएको छ।

कञ्चनरुप नगरपालिकामा जनप्रतिनिधिमाथि हातपात भएको छ भने राहतका विषयमा डाकनेश्वरी नगरपालिकामा दोहोरो झ’डपको घटना भएको छ। डाकनेश्वरी नगरपालिका–८ मा गएराति वडाध्यक्ष उमेशकुमार यादव पक्ष र असन्तुष्ट पक्षबीच दोहोरो झ’डप हुँदा दुवै पक्षका सात जना घाइते भएका छन्। घाइते हुनेमा वडाध्यक्ष पक्षका रञ्जित मण्डल, रामप्रसाद मण्डल र गजेन्द्र यादव छन्।

अर्को पक्षमा यानचन मण्डल, उनकी दिदी रामवतीदेवी मण्डल, लालदेव मण्डल र निजकी श्रीमति रतनी देवी मण्डल छन् । गम्भीर घा’इते रञ्जितको राजविराजमा उपचार हुन नसके पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको छ। अन्य घाइते रामप्रसाद, गजेन्द्र, यानचन र रामवतीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।

घा’इते लालदेव र रतनीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ । राहत वितरण गर्न केही युवासहित सोमबार वडा कार्यालय पुगेका वडा अध्यक्ष उमेश कुमार यादव र सामाजिक परिचालक शिव शङ्कर मेहता सहितलाई असन्तुष्ट २०० बढी गाउँलले हा’तपात र ढुंगामुढा गर्दै भगाएका थिए। एकतर्फीरुपमा राहत पाउनेको नामावली संकलन गरेको आ’रोप लगाउँदै नेकपा, नेपाली काँग्रेस, राजपा नेपालका कार्यकर्ताले राहत सामग्री राखेको कोठामा आ–आफ्नो ताला लगाएपछि राहत वितरण कार्य स्थगित भएको छ।

सोही विषयमा गए राति आफ्नो घरमा पुगेर वडाध्यक्ष पक्षधरले कुटपिट गर्दै घा’इते बनाएपछि आक्रोशित गाउँलेले लखेटेको घा’इते यानचनले बताए। राहत वितरणमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका यानचनको घरमा मा’दक पदार्थ खाएर पुगेका युवाले आक्रमण गरेपछि दुई पक्षबीच दोहोरो झ’डप भएको स्थानीय विनोद यादवले बताए।

कांग्रेसबाट निर्वाचित वडासदस्य मानविर रजकले वडाध्यक्ष यादवले बहुमतका आधारमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई बेवास्ता गर्दै लाठीकै बलमा राहत वितरण गर्न खोज्दा वि’वाद बढेको आरोप लगाए । गरिब, विपन्नको साटो धनी सम्पन्नलाई राहत वितरण गर्न खोजेपछि बढेको वि’वाद झ’डपमा परिणत भएको रजकको भनाइ छ। वडाध्यक्ष सहित अन्य तीन वडासदस्य संघीय समाजवादी फोरमबाट निर्वाचित हुन्।

फोरमकै गाउँ कमिटी अध्यक्ष उदयकान्त यादवले समेत वडा अध्यक्षको कार्य शैलीको तिब्र विरोध गरे। राजनीतिक दलको आधिकारिक प्रतिनिधि नराखी एकतर्फी रुपमा मनमानी तरिकाले राहत बाँड्न खोज्दा समर्थक मतदातासमेत वि’रोधी बनेको उनले बताए। सो वडामा २६७ परिवारलाई राहत वितरण गर्न छनोट गरिएको थियो । यसअघि कञ्चनरुप नगरपालिका –८ मा राहत वितरण पछि राहत नपाएको भन्दै वीरेन्द्र सरदार र सुरेश सरदारको समूहले वडा सदस्य सञ्जय पासवान माथि आ’क्रमण गरेर घा’इते बनाएका थिए।

कोरोना र लक डाउनबाट प्रभावितलाई राहत वितरण गरेर आइतबार साँझ घर फर्किने क्रममा वडासदस्य पासवान र उनका भाइ अजयलाई सोही ठाउँका सरदार दाजुभाइले कु’टपिट गरेर घा’इते बनाएका थिए। टाउकोमा चारवटा टाँ’का लागेका वडासदस्य संजय र उहाँका भाइ अजयको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना उपचार भयो भने आ’क्रम’णकारी सरदार दाजु भाइलाई प’क्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

राहत पाउनेको नामावलीमा आफ्नो परिवारका सदस्यको नाम छुटाएको भन्दै सरदार दाजुभाइले राहत वितरण भइरहेकै बेला वडा कार्यालयमै पनि झ’गडा गरेका थिए। को’भिड–१९ बाट प्रभावितलाई राहत दिने भनिएपनि सप्तरीका अधिकांश स्थानीय तहमा शिक्षक कर्मचारी, व्यापारी र धनी किसानले समेत राहत लिएको आ’रोप लागेको छ। राहत वितरण निर्देशिका २०७६ विपरीत राहत वितरण भएको भन्दै शम्भुनाथ नगरपालिकाका मुसहर समुदायले राहत वितरणस्थल पुगेर राहत फिर्ता गरे।

शम्भुनाथ नगरपालिका–७ मा पूर्वसरकारी कर्मचारी र औषधि पसले जस्ता हुने खाने तथा धनी किसानलाई समेत राहत दिएर गरिबको भाग खोसेको भन्दै शम्भुनाथका मुसहर समुदायले राहत वितरण स्थल पुगेर राहत बहिष्कार गरेका हुन्। सो वडामा एकहजार ७५ घर धुरीलाई राहत वितरण गरिएको छ। कञ्चनरूप–४ मा सबैलाई राहत दिनुपर्ने भन्दै महिलाले वडा कार्यालय घेराउ गरे भने विष्णुपुर गाउँपालिका ६ मा राहत वितरणको चर्चा सुने पनि अन्नको गेडो देख्न नपाएको दलितहरुले गुनासो गरेका छन्।

खडक नगरपालिका–१ मा वडाध्यक्ष सिंघेश्वर मण्डलसहितका जनप्रतिनिधिले सर्वदलीय रूपमा तथ्यांक संकलन नगरी आफ्ना आसेपासे र कर्मचारीलाई समेतराहत वितरण गरेको पूर्वगाविस अध्यक्ष वृजनारायण साहले आरोप लगाए। हनुमाननगर कंकालिनी–१ का आका शराज भण्डारीले राहत नपाउनु पर्ने धनी व्यक्तिको नाम राहत पाउने सूचीमा समावेश गरिएकोमा दुःख व्यक्त गरे । रुपनी गाउँपालिका वडा नम्बर १, ४ र ५ मा वितरण गरिएको चामल सम्झौता विपरस्त गुणस्तरहीन भएको भन्दै तीव्र विरोध भएपछि अन्य वडामा राहत वितरण स्थगित भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्