आज नेकपा एमालेका पूर्व अध्यक्ष सादा जीवनशैली र इमानी नेता मनमोहन अधिकारीको स्मृति दिवस

काठमाण्डौ : नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ। यसअघिका वर्षहरुमा उहाँको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि को;रोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल पर्नुभएको थियो । जे’लमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो ।

अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गर्नुभएको थियो । उहाँ २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको हो । उहाँ नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्