आन्तरिक र अन्तर्राष्‍ट्रिय उडान जेठ २ सम्म स्थगित गर्ने निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्र्तराष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरेको छ । शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको को;रोना भाइरस (को’भिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो।

यसअघि बैशाख १८ सम्म अन्र्तराष्ट्रिय र आन्तरिक उडान बन्‍द गरिएको थियो ।कोरोना संक्रमण रोकथामका लागि उडान रोक्ने निर्णय भएको उनले बताए । बैठकमा लकडाउन अवधि थप्नेबारे आगामी मन्त्रिपरिषद् बैठकमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

बैठकमा अहिलेसम्म भएका कामको समीक्षा गरिएको समेत सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबै खाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो। त्यसबाहेक को;रोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्