निर्दोषलाई फसाउने षड्य’न्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी

काठमाडौं : आत्म ह’त्या दुरु’त्साहन मु’द्दामा पत्रकार रवि लामिछाने सहित तीनै जनाले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतका न्याया धीश हेमन्त मल्लको आजको इज’लासले लामिछाने, अर्का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिने फैसला गरेको हो। पत्रकार शालिकराम पुडासैनीको आत्म ह’त्या दुरु’त्साहन अभियोगमा उनी वि’रुद्ध मु’द्दा चलेको थियो।

यसअघि चितवन जिल्ला अदालतले लामिछानेसँग पाँच लाख, कँडेलसँग तीन लाख रूपैयाँ धेरौटी मागेर मु’द्दा पुर्पक्ष गरेको थियो । कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् । “आत्म ह’त्या दु’रुत्साहन मुद्दामा प्र’तिवादीहरूका नाममा दसी प्रमाण नपुगेकाले उनीहरू संलग्न छन् भन्न सकिने आधार नभएपछि सफाइको फै’सला भएको हो”, न्यायाधीश रावलले भने।

सफाइ पाएपछी पत्रकार रबि लामिछानेले सम्मानित अदालत प्रति बिश्वास थियो, छ र रहिरहने जानकारी गराएका छन्। आफुले जितेकोमा भन्दा जाल, झेल, प्रपन्च गरि निर्दो’षलाई फ’साउने षड्य’न्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी भएको जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्- हाम्रा लागि न्याय माग्नु हुने सबै,सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु।

यस्तो छ रबि लामिछानेको स्टाटस : सम्मानित अदालत प्रति बिश्वास थियो,छ र रहिरहनेछ। आफुले जितेकोमा भन्दा जाल,झेल, प्रपन्च गरि निर्दोषलाई फसा’उने षड्य’न्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी छु। हाम्रा लागि न्याय माग्नु हुने सबै, सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु।बितेको कुरा बित्यो अब नयाँ उर्जाका साथ काम गर्ने प्रण गर्द्छु। आजबाट २७८ दिन भित्र रास्कोट सामुदायिक अस्पताल सप्पन्न हुने गरि निर्माण कम्पनीसङ सम्झौता (प्रक्रिया पुरा गरी) भएको छ। निर्माण ढिलो भए प्रत्येक दिनको २७५५२.१३ जरिवाना लाग्ने कुरा सम्झौतामै उल्लेख छ। आउदो शनिबार अस्पतालको शिलान्यास गर्दैछौ।

प्रतिक्रिया दिनुहोस्