वीरगञ्जमा चार जनाको तेश्रो पीसीआर रिपोर्ट नेगेटिभ, डिस्चार्ज गरिदै

दिपकप्रसाद गौतम, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना को;रोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडि कल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना को;रोना संक्रमितको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भएको हो ।

वीरगञ्ज महानगर पालिका वडा नम्बर २ छपकैयामा रहेको जामे म’स्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा गत चैत २९ गते को;रोना भा’इरस संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखी उपचार भईरहेको थियो भने एक÷ एक जना रौतहट सर्लाही जिल्लाका कोरोना संक्रमितको उपचार भईरहेको थियो ।

वीरगञ्जमा फेला परेका ३ भारतीय नागरिक र रौतहटका १ जना गरी चार जनाको तेश्रो पटक गरिएको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको मौखिक जानकारी आईसकेको तर रिर्पोटको आधिकारिक पत्र आई नसकेकाले उनीहरुलाई हाल अस्पतालमा नै राखेर उपचार गरी रहेको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उपाध्यायले गोरखापत्रलाई बताउनु भएको छ ।

रिर्पोटको आधिकारिक पत्र आएपछि नेपाली नागरिकलाई उनको घर पठाउछौं तर भारतीय नागरिकलाई भने के गर्ने भन्ने विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग, सुरक्षा अधिकारी सँग छलफल भईरहेको छ, उहाँले भन्नुभयो । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्बावको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो र शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको बताईएको छ ।

चारजना संक्रमितको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि सर्लाहीका एकजना संक्रमितलाई भने छुट्टै राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ । भारत सरकारले लक डाउनलाई कडा पारेकाले भारतीयलाई घर फर्काउन नसकिने भएकाले जुन मस्जिदबाट उनी हरुलाई ल्याईएको हो त्यही लगेर भारतीय नागरिकलाई छाडिने र रौतहटका एक जनालाई भने परिवारको जिम्मा लगाईने उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताउनुभयो । गोरखापत्रवाट साभार

प्रतिक्रिया दिनुहोस्