लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउन सिफारिस, भोलि निर्णय हुने

काठमाडौं : को;रोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ । बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस सरकारसमक्ष गरेको हो। ‘लक डाउनबारे निर्णय गर्न मन्त्रालयका सचिव र सुरक्षा निकायलाई बेलुकासम्म प्रस्ताव तयार तयार गर्न निर्देशन दिइएको थियो। सुरक्षा निकायसँगको छलफलपछि प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‍मा एक साता लकडाउन थप गर्न सिफासिस गरिएको छ,’ समितिका सदस्यसमेत रहेका एक मन्त्रीले भने।

समितिको सि’फारिसपछि आवश्यक छलफल गरेर भोलि बस्‍ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ । शनिबार सिंहदरबारमा समितिका पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह‍्‍य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थ’गित गर्ने निर्णय गरेको थियो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रो’क लगाइएको थियो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्‍ने नि’र्णय गरेको हो ।सचिव बिडारीले लक डाउनको अ’वधि बढाउने नबढाउने निर्णय मन्त्रि परिषद बैठकले तय गर्ने जानकारी दिएका छन्। आजको बैठकमा लकडाउनकै कारण को’रोना नियन्त्रण सम्भव भएको नि’चोड निकालेको जनाउँदै बिडारीले स्थिति नियन्त्रण बाहिर जान नदिन अन्य उपाय पनि अपनाइने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्