कपिलवस्तुका मु’स्लिमले घरमै नमाज पढेर शुरू गरे रमजान

कपिलवस्तु : मु’स्लिम ध’र्माव लम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान आज शानिबार बाट शुरु भएको छ । रम’जानको महिनामा मु’स्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मु’स्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् ।

नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी मुस्लिम बहुल्य क्षेत्र भएको हुनाले रमजानलाई यहाँ बिषेश उल्लासको पर्वको रुपमा मनाइन्छ ।रामजानको महिनामा मु’स्लिमहरुको पवित्र ग्रन्थ कुरानलाई यो दुनियाँमा ल्याएको तौलिहवा मस्जिदका अहले सुन्नतका मौ लाना अली हसनले बताउनु भयो । मु’स्लिम ध’र्मवालम्बीहरुको लागि यो बिषेश महिना हो । यो महिनामा मुस्लिम धर्मवालम्बीहरु नमाज पढने र पवित्र ग्रन्थ कुरान पढने चलन रहेको मोैलानाले बताए ।

इस्लामको पाँच पिलर मध्ये रोजा पनि एक पिलर हो ।यो महिनाको अन्तमा मस्लिम समुदायले आफनो आम्दानीको २.५ प्रतिशत गरीबलाई दान दिने चलन रहेको मौलानले बताए । कृष्ण नगर नगरपालिका उपप्रमुख शबनम खातुनले सबै मुस्लिम धर्मबालम्बीहरुलाई आ आफनो घरमा बसेर नमाज र कुरान पढ्न, छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्ण रुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी गराउन आग्रह गर्नु भएको छ ।

विश्वमा कोरोना भइरस महामारीको रुपमा लिइरहेको बेला त्यसको असर नेपालमा पनि परेको कारणले गर्दा नेपाल सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउनमा बेला म’स्जिदमा कुनै किसिमको भीडभाड नहोस भनेर तौलिहवा मस्जि दले एक प्रेस बिज्ञप्ती जारी गदै सबैले घरमा न’माज पढन, इफतारको पार्टी नगर्न, रमजानको बेला निकालिएको सदका तथा जकात आ-आफनो छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्णरुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ । को;रोना भइरस संक्रमण अन्तका लागि सबैले आ-आफनो घरमा बसेर प्रार्थना गर्न पनि मु’स्लिम समुदायको अगुवाहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्