उच्च सतर्कताका कारण काठमाडौं को’रोना भाइरसको संक्रमणबाट सुरक्षित

काठमाडौं । सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा को;रोना भाइरस ९को’भिड–१९० सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।

काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीयतह लगायतको संयुक्त प्रयासबाट राजधानीमा को;रोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ। स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले को;रोना सङ्क्र मण फैलिन नपाएको हो । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो ।

तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापएिको छ। काठमाडौँका ११वटा स्थानीय तहमा कुल दुई हजार २२६ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई हजार २२२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा तीन जनाको आरडीटी पोजेटिभ र बूूढानील कण्ठ नगरपालिकामा एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ र पीसीआर नेगेटिभ आएको हो । यहाँका ११ वटै स्थानीय तहले गत फागुन ३० देखि विदेश बाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको समेत आरडीटी परीक्षण गरेको काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्