‘साथीहरू म नफ’र्किन सक्छु, स्कुल र आफ्नो ख्याल राख्नू’

काठमाडौं : मुक्तिनाथ अधिकारी पहिले मेरा शिक्षक र अभिभावक दुवै थिए। पछि सहकर्मी। लमजुङको पाणिनी संस्कृत माविमा मैले उनीसँगै पढे, पछि चार वर्ष सँगै पढाए। मैले चिनेका मुक्तिनाथ अधिकारी स्वाभिमान, अहिंसा र न्यायका पक्षमा उभिने दृढ इस्पात खम्बा थिए। आफ्नो विश्वासमा उनले कहिल्यै सम्झौता गरेनन्।

उनी अत्यन्त थोरै बोल्ने। सरल जीवन शैली र क’ठोर अनुशासनले उनको समग्र व्यक्तित्व झल्काउँथ्यो। समाजमा निस्कने हरेक जटिल प्रश्न तथा समस्याका सहज उत्तर दिन सक्ने खुबी भएका व्यक्ति थिए मुक्तिनाथ । १० वर्षे माओवादी द्वन्द्वमा स्वतन्त्रता र न्यायका पक्षधर निहत्था नागरिकहरू राज्य र वि’द्रोही दुवैको निशानामा परिरहे। माओवादी यु’द्धमा संलग्न कतिलाई सुरक्षा फौ’जले प’क्रँदै मा’र्ने गरेको थियो।

२०५७–५८ सालाताका एम्नेष्टी इन्टरनेशनलले यस्तो गैरन्यायिक ह’त्या अन्त्य गर्न सरकारलाई द’बाव दिन अभियान चलायो। ‘समूह ७९’को संयोजकको नाताले मुक्तिनाथले त्यो अभियानको नेतृत्व गरे। दूर्भाग्य, त्यसको केही समयपछि माओवादीहरूको हातबाटै मुक्ति नाथको गैरन्यायिक ह’त्या भयो। १८ वर्षअघि माघ ३ गते, अर्थात् आजैका दिन माओवादीहरूले मुक्तिनाथलाई पढाइरहेको कक्षा कोठाबाट निकालेर लगे।

हात बाँ’धेर अ’पहरण गरिँदा सम्म मृ’त्युको पूर्वाभास पाइसकेपछि उनले सहकर्मीहरूलाई भने, ‘साथीहरू, म नफर्किन सक्छु। स्कुल र आफ्नो ख्याल राख्नू।’ तर पनि उनी रत्तिभर आत्तिएनन् । आफ्नो विचारमा अडिग रहे । अप’हरणकर्तासँग जीवनको भि’क मागेनन्। मुक्तिनाथ जुन आदर्शमा बाँच्थे, त्यहाँ सम्झौता अटाउँदैन्थ्यो। उनले शिर झुकाउन चाहेनन्। बरु हिं’सा र आ’तंकको वि’रोध गर्दै खुसी साथ मु’त्यु अँगाले।

साधारण जीवन बाँच्ने तर मृ’त्युसँग पनि नड’राउने, त्यो दृढ इच्छा शक्ति, साहस र आदर्श मुक्ति नाथहरूले कहाँबाट पाए होलान् ? ऐतिहासिक सन्दर्भमा हेर्दा, २००७ को क्रा’न्ति नेपालको आधुनिक इतिहासको कोशे ढुंगा हो । सोही क्रा’न्तिले शिक्षा र चेतनाको उभार ल्यायो।सेतोपाटिमा किरण न्यौपानेले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्