राउटेको प्रश्न- ‘अध्यक्षज्यू, यो बन्द कहिले खुल्ने हो ?’

काठमाडौं : सुर्खेतको भेरीगंगा नगरपालिका–२, स्थित छिन्चु खोला किनारमा बस्दै आएका राउटे समुदायले बन्द (लकडाउन) कहिले खुल्ने हो भनेर सोध्ने गरेका छन् । लकडाउनका कारणले अहिले खोला किनारमा बस्दै आएका राउटे समु दायले लकडाउनलाई बन्द भन्ने गरेका छन् ।

जंगलमा घुमिरहने राउटे समुदायले शनिबार राहत सामग्री लिएर गएका दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीसँग राउटे युवा सूर्यनारायण शाहीले ‘अध्यक्षज्यू, यो बन्द कहिले खुल्ने हो ?’ भनेर प्रश्न गरेका थिए । गाउँपालिकाका अध्यक्ष वलीले को;रोना भा’इरसका कारणले देश पूरै लक डाउनमा भएका कारणले यकिन भन्न नकिने बताए ।

‘को;रोना भाइरसका कारणले अहिले संसारै लक डाउनमा छ,’ उनले भने, ‘कहिले खुल्छ थाहा छैन । तर, तपाईंहरू सुरक्षित रहनुहोला ।’ दैलेखको गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र बनाएको छ । उनीहरू जता गए पनि गुराँस गाउँपालिकाले बढी हेर्ने गरेको अध्यक्ष वलीले बताए ।

गाउँपालिकाले राउटे समुदाय सबैको स्वास्थ्य लगायतका अन्य औषधि दिँदै आएको अध्यक्ष वलीले बताए । ‘हामीले उहाँहरूको नियमित स्वास्थ्य जाँच गर्ने गरेका छौँ,’ उनले भने, ‘अहिले मास्क लगाउन नियमित सर सफाइ ध्यान दिन सुझाव दिएका छौँ ।’ गाउँ पालिकाले त्यहाँ रहेका ५० परिवारलाई राहत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्