सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी भोकै-प्यासै

टीकापुर: टीकापुर नगरपालिका–७ कालाकुण्डा स्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहा यक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्।

बस्तीबाट निकै टाढा रहेको बेसक्याम्पमा कार्यरत सुरक्षा कर्मीलाई पिउने पानी, विद्युत, शौचालय, खाना लगायतको समस्या छ । उनीहरु तीन किलोमिटर टाढा टीकापुर नगरपालिका–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर खाँदै आएका छन्। उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन।

स्थानीयले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन्। उनीहरुसँग सञ्चार सेट समेत छैन। उनीहरु आफ्ना मोवाइल चार्ज गर्न नजिकैको ढुंगानाटोल स्थित अर्को अस्थायी बेसक्याम्पमा जाने गरेका छन् । ‘हामी कसरी बस्न बाध्य छौं। तपाईले देख्नु भयो नि’ एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘भोकै प्यासै काम गर्नु परेको छ भन्दा अन्यथा हुँदैन।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्