महावीर पुनको आविष्कार केन्द्रले बनायो को’रोनाका बिरामीको सेवामा प्रयोग हुने रोबोट

काठमाडौं:वैज्ञानिक महावीर पुनद्वारा सञ्‍चालित राष्ट्रिय आविष्कार केन्द्रले को;रोना भाइ’रसका बिरामीलाई खाना ओसार्ने रोबोट बनाएको छ। पुनका अनुसार करिब ११ दिन लामो प्रयासमा कीर्तिपुर स्थित राष्ट्रिय आविष्कार केन्द्रले रोबोट बना उन सकेको हो। ‘कोरोनाका बिरामीहरुलाई खाना र औषधि पुर्‍याउने पहिलो रोबोट बनाएका छौं’, पुनले भनेका छन्,’यसो हेर्दा ता यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ।’

पुनका अनुसार यसको प्रयोगले बिरामीको सेवा गर्ने नर्सहरुलाई जोगाउन सकिने बताएका छन्। ‘ यसको प्रयोग गर्‍यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन्। यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्तालाई ११ दिन लाग्यो’, उनले भनेका छन्, ‘यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले दिएको हो। अन्य पार्ट पुर्जाहरुको मात्रै मोटामोटी खर्च ७५ हजार रुपैयाँजति लागेको छ।’

उनले रोबोटलाई परीक्षणका लागि सुरुमा नेपाली सेनाको कोरोना अस्पतालमा पठाइने जानकारी दिएका छन् । ‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ’, उनले भने, ‘रोबोटको माग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको छ।’

प्रतिक्रिया दिनुहोस्