प्रहरीद्वारा अप’हरण प्रकरणमा जाहेरी लिन अस्वीकार, प्रहरी र नेताहरु बीच चर्काचर्की

काठमाडौं : पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अ’प’हरण प्रकरणमा किटानी जाहेरी लिन मानेको छैन। डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए। तर प्रहरीले जाहेरी लिन नमानेको र महोत्तरी जान भनेपछि प्रहरी र नेताहरूबीच चर्काचर्की भएको समेत बुझिएको छ।

‘एसपी र डीएसपीले जाहेरी दिने यहाँ हैन महोत्तरी जाऊ भनिरहेका छन्! जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ। प्रहरी परिसर टेकुमा एसएसपी गायब। अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानून भन्दा माथि ओली सर कार?,’ समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भनेका छन्।

समाजवादी पार्टीका अध्यक्ष, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, र नेताहरू राजेन्द्र श्रेष्ठ, हिसिला यमी अशोक राई किटानी जा’हेरी दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए । उनीहरूसँगै राजपाका तर्फबाट राजेन्द्र महतो लगायतका नेता निवेदन लिएर टेकु पुगेका हुन्। समाजवादी पार्टीले पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसदहरू किसन श्रेष्ठ र महेश बस्नेत वि’रुद्ध का’रबाहीको माग गर्दै प्रहरीमा उजुरी दिन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्