युवा संघ समाजवादी र राजपाको एकता रोक्न माग गर्दै निर्वाचन आयाेगमा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) को एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । युवा संघका केन्द्रीय सदस्य अमित लामाले ती दुई दलबीचको एकता रोक्न माग गर्दै उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष थिए।

‘दुई दलबीचको सहमति पत्रमा बहुराष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकूल भएकाले निर्वाचन आयोगमा रोक्न उजुरी गरेका हौँ,’ लामाले भने। उनीहरुको निवेदन १३९० नंम्बरमा दर्ता भएको छ। समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्षसमेत रहेका महेश बस्नेतसहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ वि’रुद्ध अ’पहर’णको जाहेरी दिन नेताहरू प्रहरी कार्यालय पुगेकै समयमा सत्तारुढ दलका युवाहरु निर्वाचन आयोग पुगेका हुन्।

‘नयाँ दलको उद्देश्य नेपालमा बहुराष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरीत प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्