जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा रुकुममा १० दिनमै बन्यो आठकोठे सुविधा सम्पन्न अस्पताल

काठमाडौं। रुकुममा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधा सहितको ८ कोठको अस्पताल निर्माण भएको हो। श्रम सहकारीले निर्माण गरेको उक्त अस्प ताल तत्काल प्रयोगमा आउँदैछ । पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको को;रोना महामारी वि’रुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो। अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जन ता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले भनेका छन्– ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’

पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को योजना र प्रत्यक्ष संरक्षणमा भएको अस्पताल निर्माणमा उहाँले पनि एक घण्टा श्रमदान गर्नुभएको थियो ।‘सबैले आ–आफ्नो अनुकू लतामा श्रमदान गरौं भन्ने नीतिअनुसार उहाँ (प्रभाकर)ले पनि एक घण्टा श्रमदान गर्नुभयो’– प्रमुख केसीले भन्नुभयो । प्रभाकरले ३१ देखि ३२ औं घण्टासम्म श्रमदान गर्नुभएको थियो ।

यो अस्पतालमा यही वैशाख १८ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको छ । यद्यपि अहिले सम्म यो पालिकामा कोरोनाका आशंकित वि’रामी एक जना पनि छैनन् । भवन निर्माणको काम सबै सकिए पनि समय भएकाले डबल पेन्टिङ, फिनिसिङ लगायतका काम भने भइरहेका छन् । यसको प्रत्यक्ष ने’तृत्व लिएर नगर प्रमुख आफैले पनि काम गरिरहनुभएको छ भने पालिकामा रहेका श्रम सहकारीहरुले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्