वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन थप गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थपेको एक मन्त्रीले जान कारी दिए। लकडाउन थपिएको यो चौथोपटक हो।

यसअघि शनिबार बसेको को;रोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिको बैठकले लक डाउन थप्न सरकारलाई सिफारिस गरेको थियो। नेपालमा को;रोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लक डाउन लागू गरेको थियो । त्यसयता चार पटक लक डाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।

तर उदयपुरको भुल्केमा समुदाय स्तरमा सं’क्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ। को’भिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन कै कारण को;रोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निका लेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्