को’रोना नियन्त्रण गर्न घले दम्पत्तिले नेपाल सरकारलाई दिए ३ करोड रुपैया

काठमाडौं: गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले को;रोना उपचार तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । फाउण्डेसनका पदाधिकारीले आइतबार प्रधान मन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीलाई प्रदान गरेका हुन्।

सहयोग रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने घलेको अपेक्षा रहेको छ। फाउण्डेसनले नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेलासमेत सहयोग गरेको थियो।

आईतबार घले दम्पत्तिले संचालन गरेको एमआईटी फाउण्डेसन मार्फत सहयोग गरेको हो । फाउण्डेसनका पदाधिकारीले एक कार्यक्रमका बिच प्रधानमन्त्री कार्यलयका सचिवलाई चेक हस्तान्तरण गरेका हुन् । यो रकमले नेपालमा को’रोना नियन्त्रण गर्न सहयोग पुग्ने आशा गरिएकोफाउण्डेनसले जा’री गरेको वि’ज्ञप्तीमा भनिएको छ ।

यात्रामा अ’वरोध भएकाले आफु जान नपाएको भन्दै शेष घलेले भन्नुभयो -‘आशा छ यो रकम नेपाल सरकारले को’रोना नियन्त्रणका लागि परिक्षण, निगरानी र उपचारमा सदुपयोग गर्नेछ ।’ त्यस्तै फाउण्डेशनका अध्यक्ष घलेले को’रोना नियन्त्रणमा नेपाल सरकार र नेपाली जनताले खेलको भूमिकाको प्रशंसा गर्दै यो मा’हा मारीबाट नेपाल र विश्व चाडै मु’क्त हुने समेत आशा व्यक्त गर्नुभयो । यस अघि घले दम्पत्तिले संचालन गरेको एमआईटी कलेजका विद्यार्थीलाई सहयोग गर्न १० लाख डलरको कोष निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्