नेपाली श्रमिक कोरिया पठाउने सरकारको निर्णय

काठमाडौं : सरकारले इपिएस अन्तर्गतका श्रमिक कोरिया पठाउने निर्णय गरेको छ। बिदामा नेपाल फर्किएका र रोजगारी गुमाउने अवस्थामा पुगेका श्रमिकहरुलाई चार्टर गरेर पठाउने निर्णय गरेको हो। यसअघि एनआरएनए कोरियाले जागिर गुमाउने अवस्थाका नेपाली कामदार कोरिया पठाउन सरकारसँग आग्रह गरेको थियो।

त्यस्तै कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन समेत एनआरएनए कोरियाले अपिल गरिरहेको छ। लकडाउनका कारण ७ सयभन्दा बढी श्रमिकहरु कोरिया जान नपाएको रोजगार अनुमती प्रणाली (इपिएश शाखा )ले जनाएको छ। ‘लकडाउनका कारण ७ सयभन्दा बढी श्रमिकहरु अड्किएका छन्‚’ इपिएस प्रमुख कृष्णप्रसाद खनालले भने।

‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने नि’र्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने। सँगै सरकारले वैशाख २५ गतेसम्म ल’कडाउन गर्ने नि’र्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय आवगमनलाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्