आजको राशिफल : वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल वैसाख १५ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– चतुर्थी, १६ घडी २५ पला,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त पंचमी । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला । राष्ट्रिय चिया दिवस । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ।

मेष : बिहानको समय मध्ययम रहेकोले व्यवसायमा घाटा लाग्ने छ । स्वास्थ्यमा समस्या आई दैनिक काम काज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापना गर्न गाह्रो हुने छ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट सहयोग हुनेछ ।

बृष : परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकने छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा घाटा लाग्नेछ ।

कर्कट : बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ। मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ ।

सिंह : स्वअध्ययनले पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । दाजुभाइ तथा आफन्त बाट भने जस्तो सहयोग हुनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या : माता पिताको धन तथा सम्पति प्रयोग गरि कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिने छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

तुला : स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिने छन् । गोप्य सूचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनु होला । प्रशा सनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला। माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ ।

धनु : बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाइ बढ्न सकिने छ । स्व अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाइने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर : इष्टमित्र तथा आफन्तका साथ मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।

कुम्भ : कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ। यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन : बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ। राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्