अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना

काठमाण्डौ : अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन्। पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ। पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उहाँले बताउनुभयो । गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको छ र आज दिनभर मौसम यस्तै रहनेछ। ‘बीच-बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ सोमबार बिहान उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’ ‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– ‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/ चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भागनजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाे छ। यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्या ङ र असिनासहितकाे वर्षा भइरहेकाे हाे।

प्रतिक्रिया दिनुहोस्