लुकिछिपी खुला सीमाबाट नेपाल प्रवेश गर्नेहरू क्वारेन्टाइनमा

कृष्ण पाण्डे, रुपन्देही। लक डाउनका बेला खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका ५५ जनालाई नियन्त्रणमा लिई रुपन्देहीका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । लकडाउन उल्लंघन गर्दै नेपाल प्रवेश गरेका उनीहरुलाई नेपाल–भारत सीमावर्ती क्षेत्रका गाँउपालिकाहरु रोहिणी, ओमसतिया, मर्चवारीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको हो ।

विशेषगरी रातिको समयमा नेपाल प्रवेश गरेका ५५ जनामध्ये ७ जनाले दुई हप्ताको क्वारेन्टाइनको बसाइ सकाएर घर फर्किएका छन भने ६ जना महिलासहित ४९ जना अझै क्वारेन्टाइनमा रहेका छन। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रामनरेश आदर्श माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा १५ जना, मर्चवारीमाईमा १५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १७ जना र ओमसतियाको गहुँवाली अनुसन्धान केन्द्रस्थित बनाइएको क्वारेन्टाइनमा २ जना रहेका छन् ।

लकडाउन उल्लंघन गरि नेपाल छिरेका ब्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखि उनिहरुको स्वास्थ्य परिक्षण पछि मात्र घर पठाउने गरिएको छ भने क्वारेन्टाइनमा बस्दा असुविधा नहोस् भनी स्वास्थ्य कर्मी सहितको नि’गरानीमा आवश्यक सबै व्यवस्था मिलाइएको रोहिणी गापा अध्यक्ष सनोज कुमार यादवले बताएउनु भयो ।

क्वारेन्टाइनहरुको अनुगमन गर्दै प्रदेश सभा सदस्य डा.कृष्णप्रसाद न्यौपानेले स्थानिय तहले संचालन गरेको को’भिड १९ को रोकथाम, नि’यन्त्रण र क्वारेन्टाइन व्यवस्थापनमा प्रदेश सरकारको आवश्यक सहयोग रहने बताउनुभायो। को’भिड १९ को संक्रमण रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको पालना गर्ने गराउने क्रममा ति मानिसहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो ।

स्थानीय जनप्रतिनिधिका अनुसार उनीहरुको खानपान, बसाइ, सरसफाइ, सुरक्षा र औषधी-उपचारजस्ता सबै आधारभुत कुराहरुको व्यवस्था मिलाइएको छ । लक डाउनका बेला सिमानामा आवतजावत रोक्न स्थानीय बासिन्दाहरुले पनि प्रभावकारी भुमिका निभाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्