सांसद “अ’पह’रण” को जाहेरी लिन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं: ‘अप’हरण’ मा परेका भनिएका समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले दिएको जा’हेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। प्रहरी प्रवक्ता डीआईजी निरज बहादुर शाहीका अनुसार कानुन अनुसार जा’हेरी दर्ता गर्ने अवस्थामा भएमा प्रक्रिया अघि बढाउन मातहतलाई निर्देशन दिइएको बताए।

‘अ’हप’रण जस्तो ग’म्भीर कुरामा अनु’सन्धान नगर्ने कुरै हुँदैन। त्यो मात्रै होइन, अरु केसमा पनि मातहतले कानुन अनुसार काम गरिरहेका हुन्छन्’, शाहीले भने, ‘तर जाहेरी दर्ता गर्ने नगर्ने अधिकार स्थानीय अधिकारी कै हुन्छ । स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा का’रवाही अगाडि बढ्छ। आफ्ना सांसद डा. यादवलाई ‘राजनीतिक अप’हर’ण’ गरेको भन्दै निर्वाचन आयोगमा दर्ता हुन बाँकी जनता समाजवादी पार्टीका नेता आइतवार महानगरीय प्रहरी प’रिसर टेकुमा पुगेका थिए।

गत बुधबार समाजावादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता सहमतिपछि बनेको जनता समाजवादी पार्टीका नेताहरु टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। डा. यादवले नेकपाका सांसद महेश बस्‍नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सांसद किसानसिंह श्रेष्ठ वि’रु’द्ध उ’जुरी दिन खोजे पनि परिसरले महोत्तरी जानु भनेर फर्काइ दिएको थियो।

टेकु परिसर राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुर सहितका नेताहरु पुगेका थिए। जनता समाजवादी पार्टीका नेताहरु सहित पुगेका डा.यादवले आफ्नो ‘राजनीतिक अ’पह’रण’ वि’रुद्ध कि’टानी ‘जाहेरी दिन खोजे पनि प्रहरीले घ’टना काठमाडौंको नभएको भन्दै फर्काइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्