२५ हजार धरौटीमा पूर्वसचिव भीम उपाध्याय रिहा

काठमाडौं । सा’इबर क्रा’इमको आ’रोपमा प’क्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा काठमाडौं जिल्ला अदालतले रिहा गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले पूर्वसचिव उपा ध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उपाध्यायको पक्षबाट झण्डै २० जना कानुन व्यवसायीले बहस गरेका थिए । सामाजिक सञ्जालमा मान मर्दन हुने गरी लेखेको आरोपमा उनलाई प्रहरीले प’क्राउ गरेको थियो । सरकारको आलोचना गरेको आरोपमा उनलाई प’क्राउ गरिएको थियो। सरकारले उनलाई विद्युतीय कारोबार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

प्रधानमन्त्री केपीशर्मा ओली वि’रुद्ध सामाजिक सञ्जालमा जथावाभी टिप्पणी गरेको भन्दै उपध्यायलाई नेपाल प्रहरीको सा’इबर ब्युरोले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट प’क्राउ गरेको थियो। बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हि’रास’तमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्