घाँटी हेरि हाड नलिल्ने प्रवृत्ति, पैसा प्रेम र पा’गलपन

देवबहादुर कुँवर,काठमाडौँ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामुहिक आत्म ह’त्या गर्नुपर्ने कारण देखिदैन । व्यवसाय सञ्चालनका क्रममा ऋण लिए पनि सिंगो परिवार बाँच्नै नसक्ने गरी ऋणको भार थुप्रिएको आधार छैन । ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले भन्नुभयो– इनभेष्टमेण्ट कम्पनी सञ्चालनका क्रममा ऋ’ण लागेको देखिन्छ, तर त्यही ऋणका कारण स–परिवारलाई नदीमा हाम फाल्न लगाएर सामुहिक आत्म ह’त्या गर्नै पर्ने अवस्था देखिदैन ।

श्रीमती जमुना, दुईवर्षे छोरा विजन र छ महिनाको छोरा रिजन सहित शुक्रवार त्रिशुली नदीमा हा’म फा’ल्न पुगेका विनय उ’द्धारपछि बाँच्न सफल भए पनि परिवार भने गुमा’एका छन् । उनलाई यतिखेर ऋ’णको भारले भन्दा परिवार गुमाएको पिडाले तड्पाएको छ । ‘विनयले चन्द्रागिरी थानकोट क्षेत्रमा सञ्चालित तीनवटा सहकारी र चितपरिचितसँग ऋण लिएको देखिन्छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, चर्को व्याजँंगै ऋण तिर्न आएको दवावका कारण तनाव सहन नसकी आत्तिएर गलत बाटो रोजेका हुन ।

त्यस्तैं, कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले पनि बैंकको ऋ’ण तिर्न नसकेकै कारण आत्म ह’त्या गर्नु परेको छ। लामिछाने परिवारको सामुहिक आत्म ह’त्या घटना भएको एक दिन अगाडि विहीवार वडाध्यक्ष खड्का भारतको वहराइचामा मृ’त अवस्थामा भेटिएका हुन । खड्काको साथमा फेला परेको दुईपेज लामो ‘सु’साइड नोट’ मा एक प्राइभेट बाणिज्य बैंकलाई दो’षी देखाइएको छ ।

घरकर्जा स्वरुप लिएको ऋण तिर्न नक्सदा बैंकले त’नाव दिएकाले ग’लत बाटो रोज्न बाध्य परेको सु’साइट नोटमा उल्लेख छ । चर्चित गायक रामकृष्ण ढकालको घरपरिवार टुक्राउन वित्तीय संस्थाको ऋण नै मुख्य दो’षी रहेको बताइएको छ । यस विषयमा गायक ढकाल मुख खोल्न चाहदैन् तर पनि, केही दिन अघि ढकाल र पत्नी निलम शाहबीच रहस्मय ढंगले स’म्वन्ध वि’च्छेद भएको छ ।

ललितपुर सैंबुस्थित घरजग्गा धितो राखी एकरोड ८० लाख ऋण लिएका ढकाल दम्पतीलाई पाँच करोड ऋण नतिरेको भन्दै एक सहकारीले सार्वजनिक सूचना नै जारी गरेपछि ऋ’णको तना’व बढ्दै गएको हो । अन्ततः पारिवारिक समस्या जनाउदै ढकाल दम्पतिले स’म्वन्ध वि’च्छेद गरेका हुन । उल्लेखित यी तीन घ’टनाबाट प्रष्ट हुन्छ बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋ’ण कति क्रु’र र अकल्पनीय विष बन्छ । करोडपति देखि सडक पतिसम्म र स’म्वन्ध वि’च्छेद देखि सामुहिक आत्म ह’त्यासम्म बैंक तथा वित्तिय संस्था को ऋ’ण का’ल नै हुने गरेको छ ।

आम्दानी भन्दा ऋणको भार बढी : ‘ब्याज तिर्न नसकी ऋणिले आत्म ह’त्या जस्तो गलत बाटो रोज्नुका पछाडि बैंक तथा वित्तीय संस्था दोषी देखिन्छन’ राष्ट्र बैंकका प्रवक्ता डा. गुनाकर भट्ट भन्नु हुन्छ, यस्ता समस्या आउन नदिन (वेष्ट इन कम टु सर्भिस रेसियो ) आम्दानीको आधारमा ऋ’ण तिर्न सक्ने अनुपात नीति लागु गरिको छ ।

बैंक तथा वित्तयि संस्था सञ्चालकहरूले यस नीतिको वि’रोध गरेका छन् उहाँले थप्नुभयो– ‘घाँटी हेरि हा’ड निल्नु भने झै’ घरजग्गा र गाडी लगायत विलासितामा ऋ’ण दिदाँ ऋ’णिको ५० प्रतिशत किस्ता तिर्न सक्ने क्षमताको मूल्याङकन गरी ऋ’ण प्रवाह गर्नु पर्ने छ । आय आर्जन तथा उत्पादन मूलक उद्योग ब्यवसायमा जति पनि ऋण प्रवाह गर्न सकिन्छ । तर, आम्दानी नहुने यस्ता विलासितामा ऋ’ण प्रवाह गर्दा ब्यक्ति तथा परिवारको आम्दानीको स्रोत खोजिनु पर्छ ।

उहाँका अनुसार, ऋ’णिलाई सहज र बैंक तथा वित्तयि संस्थालाई नाफा पुग्छ । बैंक तथा वित्तयि संस्थाहरू सेवा भन्दा नाफामुखी बढी भएकाले ऋणिहरूलाई तनावसंगै लगानी जोखिममा पर्ने गरेको छ। राष्ट्र बैंकले निर्धारण गर्ने ब्याजदर भन्दा अतिरिक्त सेवा शुल्क चर्को र त्यसमाथि बैंक तथा वित्तिय संस्थाहरूले दिने तनाव मुख्य चू’नौती देखिएको छ ।

बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरू भने ईमान्दार ऋ’णिको अभाव खड्कीएको बताउाछन। चल अचल सम्पति तथा धितो जमानतको मूल्याङकन गरी ऋण प्रवाह गरिने भएकाले ऋणिहरूले गर्ने ग’लत निर्णयमा बैंकहरू दो’षी नभएको दावी बैकर्स एसोसिएसन अफ नेपालको भनाई छ ।

प्रेम, पैसा र पा’गलपन (डि’प्रेसन) : आत्म ह’त्याका घ’टना बढ्नुमा प्रेम, पैसा र पा’गलपनलाई मुख्य दो’षी ठानिएको छ। मनोचिकित्सक रविन श्रेष्ठका अनुसार, किशोरी किशोरी उमेरका युवाले प्रेम सम्वन्धका कारण आत्म ह’त्या गर्ने गर्छन भने आर्थिक कारोवार विग्रिएर पनि आत्म ह’त्या गर्छन । विशेष गरी आत्म ह’त्याका पछाडि आर्थिक पक्ष (पैसा) र प्रेम स’म्वन्ध जोडिएको हुन्छ ।

यी दुई कुराको तनावलाई व्यवस्थापन गर्न नसक्दा पी’डितहरू गलत बाटो रोज्न बाध्य हुन्छन् मनोचिकित्सक श्रेष्ठले भन्नुभयो। विश्व स्वास्थ्य संगठनका अनुसार, आत्म ह’त्याको घ’टना प्रत्येक वर्ष १३ प्रतिशतले बृद्धि भइरहेको छ। सो समस्याबाट नेपाल पनि प्रभावित छ । प्रेम र पैसा तना’वको मुख्य कारण हुन । यी दुई कारणले मानिसमा डि’प्रेसन (पा’गलपन) को समस्या सिर्जना गरी आत्म ह’त्या गर्न बाध्य पार्ने गरेको छ ।

नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष २०७५÷२०७६ मा मात्र पाँच हजार तीनसय ४६ जनाले आत्म ह’त्या गरेका छन् । आत्म ह’त्या गर्नेहरूमा ८० प्रतिशत डि’प्रेसनका विरामी रहेका छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री डिप्रेसनट पी’डितहरूका लागि सहज र सर्भशुलभ मनोपरामर्शको अभाव रहेको बताउनु हुन्छ । यस्ता विरामीलाई परामर्श दिने दक्ष जनशक्तिको खाँचो छ, उहाँले थप्नुभयो–यसको शुरुवात परिवारको सदस्यबाट नै हुनुपर्छ । गोरखापत्रबाट साभार

प्रतिक्रिया दिनुहोस्