काममा फर्किँदै बेलायतका प्रधानमन्त्रीले भने- ‘जोखिम बाँकी रहँदै ‘लकडाउन’ हट्दैन’

लण्डन । को;रोना भा’इरसको संक्र’मणबाट निको भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि काममा फर्किएका छन् । बेलायतमा पाँच साता देखि कायम ‘लक डाउन’लाई खुकुलो पार्दै जान तथा को;रोना भाइरस प’रीक्षणको क्षमतालाई बढाउनका निम्ति सरकारमाथि दबाब चुलिएका बेला प्रधानमन्त्री जिम्मेवारीमा फर्किएका हुन् ।

तीन साता पछि आइतबार बेलुका ‘डाउनिङ स्ट्रिट’स्थित कार्यालय फर्किएका उनले सोमबार बिहान सम्बोधन गर्दै देश बासीलाई धन्यवाद ज्ञापन गरेका छन् । देशले विश्व यु’द्धपछि सबै भन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै प्रधानमन्त्रीले यस कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भुमिका खेल्ने सबैको योगदानको कदर गरेका छन् । प्रधानमन्त्री जोन्सनले तत्काल लक डाउन हटाउने वा खुकुलो पार्ने सम्भावना भने नरहेको स्पष्ट पारेका छन् ।

‘मलाई थाहा छ यो कठिन छ । म हाम्रो अर्थतन्त्र सकेसम्म छिटो सुचारु होस् भन्ने चाहन्छु’, उनले भने, ‘तर म सबै बेलायती जनताले अहिलेसम्म गरेको त्यागलाई खेर जान र म’हामारीको दोस्रो पिक आउन दिन चाहन्न ।’ अहिले नै ‘लकडाउन’ लचिलो बना उँदा दोस्रो ‘पिक पोइन्ट’को खतरा हुने भन्दै प्रधानमन्त्री जोन्सनले उक्त जोखिम उठाउन आफु तयार नरहेको स्पष्ट पारे ।

साथै, स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउँदै जाने पनि उनले बताए। गत मार्च २७ मा को;रोनाको संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनको अवस्था कमजोर हुंदै जाँदा अप्रिल ५ मा अस्पताल भर्ना भएका थिए । एक सातासम्म लण्डनको सेन्ट थोमस अस्पतालमा बसेका उनलाई तीन रातसम्म ‘इन्टेसिभ केय युनिट’ ९आइसियू० मै राखिएको थियो ।

अप्रील १२मा डिस्चार्ज भएका उनी त्यसयता बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमै आराम गर्दै आएका थिए ।जोन्सन कामबाहिर रहेको तीन साताको अवधिमा प्रधानमन्त्रीको जिम्मेवारी सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले सम्हाल्दै आएका थिए।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्