जनताको हात जनार्दनको साथ, १० दिनमै बन्यो को’रोना अस्पताल

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा १० दिनमै को;रोना अस्पताल बनेको छ। आठबीसकोट नगरपालिकामा आठ कोठाको सुविधा सम्पन्न को;रोना अस्पताल १० दिनमै निर्माण भएको सांसद जनार्दन शर्माले जानकारी दिएका छन् । उनका अनुसार जनताको श्रमदानबाट १० दिनमै अस्पताल निर्माण हुन सम्भव भएको हो ।

उहाँले भन्नुभयो इच्छाशक्ति भएमा कुनै पनि बेला जुनसुकै कठिनाईको पनि सामना गर्न सकिन्छ र जनता नै शक्तिका स्रोत हुन्,सबै कुरा जनताबाट नै सिकौ । संक्रमण बढेमा आइसोलेसनको आवश्यक पर्ने भन्दै नेता शर्माले भवन निर्माणको जोड दिनुभएको थियो । र उहाँ भवन निर्माणका लागि आफै श्रममा खटिनुभएको थियो ।

अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातो पानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ ।विशेष वार्डमा एक र एक र नर्मल वार्डमा ६ बेड राखिएको छ । उक्त अस्पताल निर्माणमा श्रमदान सँगै स्थानीयले विभिन्न माध्यमबाट १५ लाख रुपैयाँ सहयोग गरेका थिए । अस्पताल निर्माणमा कुल ७५ लाख रपैयाँ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्