बाँझो र प्लटिङ गरिएको जमिनमा बाली लगाउन सुरु

चितवन,१५ बैशाख। चितवनको रत्ननगर नगरपालिकाले खाली जमिन तथा प्लटिङ गरिएका जग्गाहरुमा मकैवाली लगाउन सुरु गरेको छ। नगरपालिकाले नगरभित्र खाली जमिन तथा खेतीयोग्य जग्गाहरुमा प्लटिङका कारण बाँझै रहेका जग्गाको पहिचान गरेर बाली लगाउन सुरु गरेको हो ।

नगरपालिकाले जमिन जोत्नमा लाग्ने खर्च र वीउ उपलब्ध गराएर बिभिन्न समूह निर्माण गरी मकै बाली लगाउन थालेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिनुभयो। मेयर वनका अनुसार सोमबार मात्रै रत्ननगर १४मा रहेको ३० बिघा प्लटिङमा जोत्ने काम भएको छ । लकडाउनका कारण केही महिनामै भोकमरिको समस्या उत्पन्न नहोस भन्दै बाँझो जमिन तथा खाली रहेका प्लटिङमा बाली लगाउने निर्णय भएको मेयर वनको भनाइ छ ।

नगरपालिकाले सुरुमा बाँझो रहेको जमिन तथा प्लटिङ कस्को हो भनि पहिचान गर्ने र त्यसपछि किसानहरुलाई उक्त खाली जमिनमा वाली लगाउन आग्रह गर्ने छ। नगरपालिकाले बाँझो जमिन आसपासका किसानहरुको समूह निर्माण गरी बाली लगाउने जिम्मा दिने छ । मेयर वनका अनुसार धेरै बाँझो तथा खाली प्लटिङ रहेको वडा नम्बर ४, १३ र ५ नम्वर लगात अन्य वडामा जग्गा खोज्ने काम भईरहेको छ । यो खबर न्युज २४ नेपालमा छ ।

प्रतिक्रिया दिनुहोस्