दा’हसंस्कार गर्दागर्दै एक्कासि आएको बाढीले चिता नै बगाएपछि… (भिडीयो सहित)

इलाम:जिल्लाको फाकफोकथुम गाउँपालिका स्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चि’ता सहित श’व बगाएको छ। गाउँपालिका उपाध्यक्ष सरस्वती राईका अनुसार फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि श’व जल्न नपाई बगेको हो । ‘चि’तामा श’व राखेर दा’गबत्ती दिनासाथ अचानक माथिबाट आएको बाढीले श’व जल्न नपाइ बगायो’ उनले भनिन् ।

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि बाढी आएको थियो। श’व जल्न नपाइ बगेपछि खोजतलास गरी पुन दा’हासंस्कार गरिने बताइएको छ। ‘श’व जल्न नपाई बाढीले बगाएर लग्यो। आजत रात परिहाल्यो। भोलि प्रहरी प्रशासन र स्थानीयले श’व खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’, उपाध्यक्ष राईले भनिन्।

साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई बाढीले बगाएरको थियो। पाैडीखेल्न गएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए। खोजतलासका क्रममा थेगिमको श’व घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल फेला परेको थियो। श’व पो’स्ट मार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्