लकडाउनकाे सदुपयाेग : घुच्ची च्याउँ संकलन गर्न वनैभरि मान्छे

दानबहादुर बुढा, मुगु । विश्वव्यापी महामारिको रुपमा भएको को’भिड १९ (को;रोना भाइरस)बाट नेपाल पनि प्रभावित भएको छ । सरकारले यसको रोकथाप तथा नियन्त्रणका लागि लकडाउन गरेपछि मुगुमा हिजोआज घुच्ची च्याउँ संकलन गर्नेहरु वनैभरि डुल्दै छन् । औषधीय जडिबुटीको नाममा प्रसिद्ध भएको यो घुच्ची च्याउँ बजारमा राम्रो मूल्यमा बिक्री हुने गर्छ ।

वनजङ्गलमा पाइने यो च्याउँ चैत्र, बैशाख, जेठसम्म उत्पादन हुने गर्छ । हिजोआज लकडाउन भएको र कृषकहरुले खेती लगाइसकेको अवस्थामा च्याउँ टिप्न वनतिर जानेहरु बढेका छन् । बच्चादेखि बुढाबुढीसम्म च्याउँ टिप्न वनतिर जाने गरेका छन् । ‘गर्त वर्ष २ केजीसम्म संकलन गरेको थिएँ । प्रति केजीको १५ हजारभन्दा माथि मूल्यमा बिक्री गरी घर खर्च चलाउने गरेको थिएँ,’ कनका सुन्दरी– ३ ओखरपाटा गौरीका रुप बहादुर बुढाले सुनाए ।

उनका अनुसार यो वर्ष च्याउँ कमै मात्र पाइएको छ । लकडाउन कारण विद्यालय पनि बन्द भएको हुँदा दिनको समयमा घरमा खाली बस्नुभन्दा हिजोआज वनमा गएर घुच्ची च्याउँ टिप्नु ठीक हुने विद्यार्थीहरु बताउँछन् । उक्त च्याउँ बेचेर पढाइ खर्चको समेत जोहो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्