वैशाखमै बाढी चल्यो- लकडाउनले बजार नपाएकाे तरकारी खेती बगाएर लग्याे !

बेलाैरी, १६ वैशाख । तराई तथा पहाडी जिल्लामा मेघगर्जन सहित परेको पानीले खाेलानाला र नदी बढेर अचानक बाढी आएकाे छ । वैशाख मै बाढी चलेपछि कञ्चनपुरका कृषकहरुकाे ‘बगरखेती’ बगाएको छ । बाढीले कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्रमा पर्ने दोँदा नदी किनारमा सयौं बिगाहामा लगाइएकाे तरकारी बगरखेती बगाएर लगेको हाे ।

कृषकले पसिना चुहाएर बगरमा लगाएको तरकारी बाली टिप्ने समयमा बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका छन् । साेमबार दिउँसो दाेँदा नदीमा अचानक बाढी आएपछि बगर खेती गर्दै आएका कञ्चनपुरका लाल झाडी, बेलाैरी र पुनर्वासका किसानकाे तरकारी बाली बगाएकाे हाे । बगरमा तयारी अवस्थामा रहेका काँक्रा, लाैका, फर्सी, बाेडी, प्याज आदि तरकारीबाली सबै बाढीले तहसनहस पारेको कृषकहरू दुखेसो पाेखेका छन् ।

लकडाउनका कारणा तरकारी बजार लग्न समेत समस्या भएर खेतमै थियाे ।लकडाउनका कारण बजारमा तरकारी बिक्री गर्न नपाएका किसानहरु लकडाउन खुल्ने र बिक्री गर्ने आशैआशमा बसेका थिए। तर गरिब किसानका ती सबै आशहरु बाढीले पसेर सत्यानाश बनायाे ।बिगत दस वर्षदेखि बगरमा तरकारी खेती गर्दै आएका बेलाैरी नगरपालिका- ५ भकुण्डाका किसान रामकिसन चाैधरीले पाँच कठ्ठामा लगाएकाे तरकारी बाढीले बगाउँदा नब्बे हजार बराबर नाेक्सान भएकाे बताए ।

अर्का किसान छाेटेलाल रानाकाे दुखेसाे पनि उस्तै छ । भर्खर बेच्नलाई तयार भएकाे तरकारी सबै बाढीले बगाएकाे बताए ।बाढीले आठ कठ्ठामा राेपेकाे तरकारी बगाए पछि पुनर्वास नगरपालिका १ ढक्काका अर्का किसान जगतराम चाैधरी पनि चिन्तित छन् । करिब एक लाख दस हजार बराबरकाे तरकारी बाढीले बगाएकाे उनी बताउछन् ।लकडाउनका कारण बजारसम्म पुर्याएर बेच्न नपाएका किसानलाई प्रकृतिले समेत धाेका दिएकाे छ ।

अन्न बाली छाेडेर तरकारी बालीमा राम्राे हुने आम्दानी हुने देखेर दाेँदा नदीकाे बालुवामा बगरखेती गर्ने किसानकाे तरकारी बाली अचानक आएकाे बाढीले बगाउँदा क्षति भयाे । यसरी तरकारी खेती बगाएपछि किसानले सरकारसंग उचित क्षतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्