थप दुई जनामा को’रोना संक्रमण पुष्टि

रौतहट। भारतबाट आएका रौतहटका दुई युवकमा को;रोना भाइरस (को’भिड-१९) को सं’क्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा सं’क्रमण पुष्टि भएको हो। वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा को;रोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । को;रोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए। उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए। दुबै सं’क्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनी हरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्