लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

काठमाडौं । नेपाल सरकारले लक डाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । हिजो नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे ।

सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्तापाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हाे। नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो । योसँगै सरकारी कर्मचारीहरुको लकडाउन अवधिभरको बिदा कायम भई तलब समेत पाक्ने भएको छ ।

राजपभत्रको सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइ पाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हो । गोरखा पत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्