प्रधानमन्त्री ओली र प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। पार्टीभित्र देखिएको गतिरोध बारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउने बारे छलफल हुने स्रोतले बतायो।

यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । प्रचण्ड सहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन ज’रूरी नरहेको बताएका थिए। यसअघि आज सचिवालय बैठक बस्ने भनिए पनि बैठकको समय अझै टुंगो लागिसकेको छैन।

प्रधानमन्त्री ओली र प्रचण्डबीच गत शुक्रबार भेट भएको थियो। पार्टीभित्र अन्तर द्व’न्द्व च’र्किरहेको बेला ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालय निकट स्रोतका अनुसार बालुवाटारमा प्रचण्डलाई छलफलका लागि बोलाइएको र केहीबेरमै छलफल सुरु हुनेछ । पार्टीभित्रको विवाद, सचिवालय बैठक, स्थायी समिति बैठक लगायतका विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्