भक्तपुर : नयाँ मानिस प्रवेश निषेध, गाउँगाउँमा बाटो बन्द

भक्तपुर : को;रोना भाइ’रस स’ङ्क्रमण रोक्न सरकारले गरेको लक डाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका बाटो बन्द गरिएका छन् । सूर्य विनायक नगरपालिकालको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सबारी साधन आवत जावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुको साथै सवारी साधन संचालनमा रोक लगाएको छ ।

यो सडकमा दुईसातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना संक्रमणको जाखिम पनि बढेको भन्दै स्थानीयले लकडाउनका समयमा नयाँ मान्छेका आगमन रोक्न र जथाभावी सवारी साधनको आवत जावत रोक्न यस्तो व्यवस्था गरेको स्थानीय सुरेश खड्काले जानकारी दिनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिका५, कटुञ्जे लामडाँडा, भुजुटोल, शुशिला भैरबका स्थानियले लकडाउनलाई उलघन गर्नेको संख्या बढेको भन्दै नाका बन्द गरेको छ ।

एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधन र प्रेस बाहेक अन्य सवारी साधन चलाउन नपाइने र गाउँभन्दा बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गराएका छन् । सूर्यविनायक नगरपालिका ८ सिपोडलको विभिन्न नाकामा स्थानीयले बन्द गराएको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयले समेत प्रत्येक टोलमा १०–१० जनाको दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ। सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेलाई प्रवेश रोक लगाउनुको साथैसवारी साधन प्रवेशमा रोक लगाएको छ। त्यसैगरी चाँगुनारायण नगरपालिका ९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाएको छ । सौडोलबाट खड्का गाउँहुदै जाने सडकमा एकतर्फी रुपमा जान दिएपनि फर्कन भने नदिने गरेका छन् ।

सञ्चारकर्मीको टोली समाचार संकलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको पाइएको हो । मध्यपुरथिमिनगर पालिका १ जुडिबुटीमा रहेको विपी आँखा अस्पताल क्षेत्र आस पासमा काठमाण्डौं र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयले तगारो राखेर आवतजावतमा रोक लगाएपछि व्यापक बिरोध भएको छ ।

बि’रोधका कारण आठदिनपछि प्रहरीको सक्रियतामा स्थानीयले उक्त तगारो हटाएर आवत जावतमा सहज बनाएका छन् । स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयको दावी छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराए कोमा वा सडक अवरोधले समस्या पर्यो भनेर स्थानीय तहमा उजुुरी नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्