सर्वेन्द्र खनाल र महेश बस्नेत वि’रुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

काठमाडौं । अप’ह’रण मु’द्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद द्वय महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल विरु’द्ध जाहेरी दर्ता गर्न डा.सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुले यसअघि जाहेरी लिन नमानेपछि मंगलबार उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन्। आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्‍नेत, किसन श्रेष्ठ र प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल ले अ’पह’रण गरेको उनीहरुको आ’रोप छ ।

अ’पहरि’त भनिएका यादवसहित समाजवादी पार्टीका शीर्ष नेताहरु आइतबार जाहेरी लिएर प्रहरी परिसर टेकु पुगे पनि प्रहरीले जाहेरी लिन अ’स्वीकार गरेको थियो । त्यसपछि उनीहरु मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन् । यादवले आफूलाई ज’बर्ज’स्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मु’द्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्