भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन, वैशाख १६ : विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चो’री गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले भरतपुर को;रोना विशेष (अस्थायी) अस्पतालमा छा’पा मा’रेको छ । केही बेर अघि हेटौंडा बाट आएको अख्तियार टोलीले अस्पतालमा छा’पा मारेको हो । को;रोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । को;रोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसि क्यामेरा भिडिओ सञ्चार माध्यम बाट बाहिरिए पछि छानबिन गर्न समिति गठन गरिएको हो।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ। उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के-के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्