सांसद डा.सुरेन्द्र यादवको उजुरी सरकारी वकिल कार्यालयले पनि दर्ता गरेन

काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अ’पह’रणकको आ’रोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरु वि’रुद्धको जाहेरी लिन अस्वीकार गरेको छ। मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अ’पहर’णको जा’हेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादव सहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उ’जुरी दर्ता गर्न पुगेका थिए । तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए । अन्तत सर कारी वकिलको कार्यालयले पनि उजु’री दर्ता गर्न नमानेको हो।

जिल्ला सरकारी वकिलकाे कार्यालयले थप अध्ययनपछि जवाफ दिने भन्दै फर्काएकाे हाे । सांसद् अ’पह’रणको उजुरी दर्ता नमानेपछि पार्टीले तत्काल उजुरी दर्ता गराउनका लाधि ध’र्ना दिइरहेका छन्। आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्‍नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वआइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्