बाबुराम वि’रुद्ध जाहेरी दर्ता गर्न नेकपाका युवा विद्यार्थी नेताहरु सरकारी वकिलको कार्यालयमा

काठमाडौं, १६ बैशाख। सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरु पनि नवगठित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई वि’रुद्ध सा’इबर अ’प’राध सम्बन्धी जाहेरी दर्ता गर्न सरकारी वकि लको कार्यालय, काठमाडौं पुगेका छन् । यसअघि उनीहरु डा. भट्टराई लगायतका नेता वि’रुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए ।

डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले वि’द्युतीय माध्य मबाट आफ्ना नेताहरुको चरित्र ह’त्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु सा’इबर अ’परा’धमा का’रबाही गरि पाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए । तर, महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा सा’इबर अ’परा’ध भन्दा पनि गा’ली बेइ’ज्जती सम्बन्धी ऐन आकर्षित हुने भन्दै उनीहरुलाई सरकारी वकिल मार्फत अदालतमा जान सुझाएको थियो ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सन्जालबाट अ’फवाह फैलाएर व्यक्तिको चरित्र ह’त्या गरेको भन्दै सा’इबर अ’परा’धमा जाहेरी दर्ता गर्न टेकु पुगेका थिए । सोही अनुसार उनीहरु आज सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्