को’रोना पोजेटिभलाई नेगेटिभ देखाएको भन्दै जनकपुरमा पिसिआर परीक्षण बन्द गर्ने निर्णय

काठमाडौं : तीनवटा को;रोनाको पोजेटिभ नतिजा नेगेटिभ देखिएपछि जनकपुरमा रहेको पिसिआर परीक्षण बन्द हुने भएको छ । प्रदेश-२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पोर्टेबल पिसिआर मेसिनले पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाइदिँदा थप जोखिम बढेको भन्दै बन्द गरिएको जानकारी दिए।

मंगलबारै रौतहटका दुई जना को;रोना संक्रमित युवकको जनकपुरमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । तर राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आयो । यस अघि पनि सर्लाहीका को;रोना संक्रमित १४ वर्षीय किशोरको जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएको थियो। उनको पनि काठमाडौंमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरियो।

सर्लाहीका किशोरको गलत नतिजा आएदेखि नै पिसिआर मेसिनको गुणस्तरमा प्रश्न उठेको थियो। गत शनिबार देखि नै मेसिनबाट परीक्षण अस्थायी रुपमा बन्द गरिएको थियो। मन्त्री साहले अब भने मेसिनबाट परीक्षणको काम पूर्ण बन्द गरिएको बताए। उक्त मेसिन बाट हालसम्म सयवटा नमूना परीक्षण गरिएको छ। जसमा सबैको नतिजा नेगेटिभ आएको थियो।

यसरी नेगेटिभ आएका अन्य व्यक्तिमा पनि निगरानी बढाइएको र कुनै लक्षण देखिए तत्काल स’म्पर्क गर्न भनिएको छ । यो सँगै प्रदेश-२ मा स्वाब प’रीक्षणका लागि काठमाडौं अथवा प्रदेश-१ को धरान वा विराटनगर पठाउनु पर्ने झन्झट ब्युँतिएको छ । यो खबर सेतोपाटिमा छ । सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्