छोरा आ’ग लागीमा बि’तेको नौ दिनपछि घा’इते बुवाको हृदय घा’तले मृ’त्यु

गुल्मी । घर आगलागीमा परेर छोरा गु’माएका एक वडाध्यक्षको बुधबार हृदय घा’त भएर मृ’त्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आ’गला’गीमा परेर ज्या’न गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदय घा’तबाट मृ’त्यु भएको हो ।

बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्क स्थित घरमा आ’गला’गी हुँदा घा’इते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा ए’क्कासि भएको आ’गला’गीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै मृ’त्यु भएको थियो। आ’ग लागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घा’इते भएका थिए। घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार नि’धन भएको हो।

खनालकी श्रीमती रुपा खनाल पनि सोही अस्पतालमा उपचार गराइरहेकी छन् । वडाध्यक्ष खनालको नि’धन प्रति परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन वरालले दु’ख ब्यक्त गरेका छन् । मन्त्री ज्ञवाली घा’ईते खनाल दम्प त्तीलाई भेट्न अस्पताल पुगेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्