इरफानले सास जानु अघि भनेका थिए, ‘आमा मलाई लिन आउनुभयो’

एजेन्सी : बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम ‘संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिल बाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चि’हान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे ।

अन्तिम यात्रामा २० जनाको उपस्थिती : अभिनेता इरफान खानको अन्तिम यात्रामा जम्मा जम्मी २० जनाको मात्रै उपस्थिती थियो । पुलिसले लक डाउन र को;रोना सं’क्रमणका कारण इरफानको पा’र्थिव शरीर घर लैजाने अनुमती दिएनन् ।

सास जानुअघि आमालाई सम्झिए : सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानु अघि उनले ‘आमा लिन आउनु भएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार नि’धन भएको थियो । लकडाउन र स्वास्थ्यमा समस्या भएपछि उनी आमाको अन्तिम श्र’द्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अन्तिम पटक हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्