कांग्रेसको माग : सांसद विकास कोष सदाका लागि खारेज गरौँ

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भए कोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो।

‘सांसद विकास कोष नीति नै खारेज गर,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको छ, ‘यस्ता बजेटका नीति नै खारेज गर्नु पर्छ।’ कांग्रेसले यस्ता बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्न सकिने बताएको छ । ‘को;रोनाको जो’खिम सामना गर्न आवश्यक ठूलो रकमका लागि सांसद विकास कोषका रूपमा विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ।

कांग्रेस संसदबाहिर र भित्र पनि अब सांसद विकास कोष नीति खारेजीको मागलाई प्राथमिकताका साथ उठान गर्ने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जनप्रतिनिधिहरू नभएको अवस्थामा सांसदबाट पनि विकास निर्माणका कामगर्न सकिने भन्दै त्यसबेला आवश्यकता ठानिएको थियो।

प्रतिक्रिया दिनुहोस्