रिहा भए लगत्तै सुलभ अग्रवाल पुनः प’क्राउ

काठमाडौं, वैशाख १८ गते । ज्वरो नाप्ने थर्मल गन का’लो बजारी आ’रोपमा गत चैत २५ गते प’क्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः प्रहरीले प’क्राउ गरेको छ। स्वास्थ्य सामाग्री खरिदमा का’लो बजारीको मुद्दा दायर गरिएका व्यवसायी अग्रवाललाई अदालतले धरौटीमा छाड्ने आदेश दिए लगत्तै प्रहरीले पुनः प’क्राउ गरेको छ ।

का’लो बजारी मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न फैसला गरे लगत्तै व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प’क्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई प’क्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न आवश्यक ठानिएकाले अग्रवाललाई प’क्राउ गरेर प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाएको जनाएको छ। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५गते का’लोब’जारी गरेको आ’रोपमा प’क्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्