सुलभ अग्रवाल सम्पत्ति सुद्धीकरण विभागबाट छुटे

काठमाडौं, १७ बैशाख । थर्मल गन का’लो बजारीको आ’रोपमा प्रहरी नियन्त्रणमा परेका सुलभ अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले ता’रेखमा छाडेको छ । शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले विहीबार तारेखमा छाडेको हो । जिल्ला अदालत, काठमाडौंले अग्रवाललाई बिहीबार नै २५ लाख ५० हजार ध’रौटीमा छाडेको थियो ।

तर, अदालत परिसरबाटै प्रहरीले अग्रवाललाई नि’यन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले अग्रवालसँग बयान लिएर लक डाउन पछि अनुसन्धान गर्ने गरी छाडेको विभागले जनाएको छ । गत चैत २५ गते थर्मल गन का’लो बजारीको आ’रोपमा अग्रवाल काठमाडौंको नक्सालबाट प्रहरी नियन्त्रणमा परेका थिए ।

विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारीले जानकारी दिए । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते का’लोब’जारी गरेको थर्मल गन का’लो बजारीको आ’रोप मा काठमाडौंको नक्सालबाट प’क्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्