पबजी खेल्दा खेल्दै हृदयघा’त, २७ वर्षीय युवकको मृ’त्यु

काठमाडौं: भारतको पुणे घर भएका एक युवक बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघा’त भयो। हृदयघा’त हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार नि’धन भएको छ। समाचार मा जनाए अनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो। छोटकरीमा पबजी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्या’टल ग्राउण्डस् नामक उक्त खेल हिं’साजन्य सामग्रीमा आधारित छ।

चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसा’हरू तन्कन पुगेका थिए। जसका कारण र’क्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो। कक्षा १०सम्म पढेका हर्सल दुई वर्ष अघिसम्म हाउस किपिङको रुपमा कार्यरत थिए। पबजीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन्।

यो पनि, आजबाट मौसममा पूर्ण सुधार हुने : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ। हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/ कुहिरो लागेको छ

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दश मलव १ डिग्री सेल्सियसमा झरेको छ । आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने औँल्याएको छ। आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनु भयो ।

उहाँका अनुसार भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गल बार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्