चीनले सगरमाथामा पुर्यायो फाइभ-जी नेटवर्क

काठमाण्डौ: चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ-जी नेटवर्क पुर्याएको छ । चाइना डेलीका अनुसार ६ हजार ५ सय मिटरको उचाइमा मोबाइलको फाइभ-जी सेवा सुरु भएको छ । यो काम चाइना मोबा इल र हुआवेईले संयुक्त रुपमा गरेका हुन् । तिब्बत तर्फको भू-भागबाट गएको चिनियाँ टोलीले फाइभ-जी नेटवर्क जडान गरेको हो ।

यसको लागि चौँरी गाई र चिनियाँ भरियाले एन्टेना, सोलार लगायतका सामान ओ’सारेका थिए । योसँगै अब सगरमाथामा पनि फाइभ-जी सेवा सुरु भएको र यसले वैज्ञानिक अध्ययन, वातावरणको रेख देख र सगरमाथामा हुने गति विधिको अनुगमनमा सहज हुने चाइना डेलीले जनाएको छ । चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा ५-जी जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ ।

चीनमा सगरमाथालाई चोमोलोङ्मा नामले पुकारिन्छ। सगरमाथा आधार शिविरमा फाइभजी नेट्वर्कको सफल परीक्षण भइसहेको जनाउँदै पिपुल्स डेलीले अप्रिल २५ तारिखबाट औपचारिक रुपमा सुरुवात हुने जानकारी दिएको छ। चीनले दक्षिणी तिब्बततर्फको सगरमाथा को मोहडास्थित विभिन्‍न तीन ठाउँमा फाइभ जी नेट्वर्क स्थापना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्