क्वारेन्टाइन भित्रै युवाले गरे आत्मह’त्या

उदयपुर : क्वारेन्टाइनमा बसेको एक साता पछि उदयपुरको रौतामाई गाउँ पालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्मा ह’त्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्म ह’त्या गरेका हुन्।

गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किए पछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसके पछि सलमा पा’सो लागि आत्म ह’त्या गरेको प्रहरीले जनाएको छ। आत्म ह’त्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरु बीच नियमित झ’गडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए। क्याम्पसको क्वारेन्टाइनमा कोरोना गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए। साता यता क्वारेन्टाइनमा बसेका ती युवकले भित्रै झु’न्डिएर आत्म ह’त्या गरेका हुन् । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्